आगलागीमा बीस गाई मरे
६ चैत्र २०७७, शुक्रबार १६:४९
राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नं. ५ स्थित कृषि फार्ममा आज भएको आगलागीमा परि २० वटा गाई(पशु) जलेर मृत्यु भएको छ ।
अग्निसाईर कृष्णासवरण गाउँपालिका अर्नगत कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीले उक्त फार्ममा पालिएको ६० मध्ये २० वटा गाई जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
त्यस मध्ये १० वटा गाई घाइते भएको र ३० वटा हराइरहेको फार्मका संचालक मनोज कुमार साहले बताउनुभयो ।
आगलागीले फार्मको घरसहित गाईलाई खुवाउने अन्नपात समेत जल्दा करिब रु ५० लाखभन्दा बढीको क्षति भएको पिडित परिवारले जनाएको छ ।
सो आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दिनानाथ साह घाइते हनुभएको छ । उहाँको स्थानीय स्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया