बैठकमा आउने र जाने सांसद नेताहरूको रु. १६९२९६१२ खर्च कसरी ? – Nagarikabhiyan : National News

बैठकमा आउने र जाने सांसद नेताहरूको रु. १६९२९६१२ खर्च कसरी ?

काठमाडौं ।  बैठकमा उपस्थित हुन आउने र जाने सांसद नेताहरूको प्लेन टिकट भाडामा १ करोड ६९ लाख २९ हजार ६१२ रूपैयाँ खर्च भएको छ ।

संसद्को अधिवेशन आह्वान भएका बेला संसद् आउने तथा अधिवेशन अन्त्य भएपछि गृहजिल्ला फर्किने बेला प्लेन वा गाडी भाडाबापत हालसम्म उक्त रकम खर्च गरेका छन् ।

प्रत्येक अधिवेशनमा १३ लाख ५५ हजार ९९६ रुपैयाँ टिकटबापत खर्च हुने गरेको छ । सोही रकम अधिवेशन सकिएपछि सांसदहरू घर फर्किने बेला खर्च हुने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाका कुल १ सय २६ जना सांसदले प्लेन टिकट वा गाडी भाडाबापत खर्च लिने गरेका छन् । प्रतिनिधि सभामा कुल १ सय २६ सांसदको एक तर्फको भाडाबापत १० लाख २७ हजार १ सय ६६ रूपैयाँ खर्च हुन्छ। आउदा र जाँदा गरेर २० लाख ५४ हजार ३३२ रूपैयाँ खर्च हुने गरेको छ ।जसमा कुल १ करोड ६९ लाख २९ हजार ६१२ रूपैयाँ खर्च भएको संसद सचिवालयले जनाएको छ ।