बृद्ध दम्पति अपहरणको २२ औं दिन बित्दै के छ प्रहरीको खोजतलास ? – Nagarikabhiyan : National News

बृद्ध दम्पति अपहरणको २२ औं दिन बित्दै के छ प्रहरीको खोजतलास ?

काठमाडौं । बृद्ध दम्पति अपहरण भएको २२ औं दिन बितिसक्दा पनि अहिलेसम्म फेला परेनन् ।

गत फागुन १० गतेको बेपत्ता भएका ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी अपहरणको खोजतलासमा प्रहरीको कडा प्रयास हुँदै छन। तैपनि अहिलेसम्म भेटिएको छैन, जसका कारण स्थानीयमा डरको त्रास फैलिएको छ ।

अपहरण घटनाको विरोधमा आज पनि स्थानीयले प्रहरीलाई छिटो भन्दा छिटो खोजी गर्न प्रदर्शन गरेका हुन । उनी दम्पती जिउँदै छ कि मृत अहिलेसम्म केहि अत्तोपत्तो हुन सकेको छैन। उनीहरूको खोजीमा ५० भन्दा बढी पोखरीमा खोजतलास गरिए पनि प्रहरीको हातमा कुनै सुराक फेला परेको छैन ।

शंकित रहेका चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रदेश २ प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले जनाएको छ । प्राविधिक टोलीबाट समेत अनुन्धान जारी छ ।