राष्ट्रपति विद्या भण्डारीले बोलाइन् आकस्मिक सर्वदलीय बैठक, के छ तयारी ? – Nagarikabhiyan : National News

राष्ट्रपति विद्या भण्डारीले बोलाइन् आकस्मिक सर्वदलीय बैठक, के छ तयारी ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न आकस्मिक सर्वदलीय बैठक बोलाएकी छन् ।

मंगलवार दिउँसो ४ बजे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई राष्ट्रपति भण्डारीले छलफलका लागि बोलाएको स्रोतले जानकारी दिएको छ ।

राजनीतिक दलहरूबीच देखिएको विवाद अन्त्यको प्रयासस्वरूप भण्डारीले बैठक बोलाएको स्रोतले जनाएको छ । मिडिया डबली

संसदमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) प्रतिनिधित्व रहेको छ ।