निर्मला पन्त बलात्कारपछिको हत्या गृहमन्त्री थापाकै संलग्नता : लेखक खगेन्द्र – Nagarikabhiyan : National News

निर्मला पन्त बलात्कारपछिको हत्या गृहमन्त्री थापाकै संलग्नता : लेखक खगेन्द्र

काठमाडौं ।  नागरिक अगुवा समेत रहेको लेखक खगेन्द्र संग्रौलाले गृहमन्त्री राम बहादुर थापा बादललाई फेसबुकमार्फत गम्भीर आरोप लगाएका छन् ।

कञ्चनपुरको भिमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा गृहमन्त्री थापा प्रधानमन्त्री केपी शर्मा ओलीले ब्ल्याकमेलिङ गरिरहेको पनि संग्रौलाको आरोप छ । गृहमन्त्री थापाकै संलग्नता रहेको संग्रौलाले ठोकुवा गरेका छन् ।

निर्मलाको हत्यामा संलग्नता भएकै कारण थापा निरीह बनेका बताए । आफ्नो सत्ता स्वार्थका लागि ओलीले सोही विषयमा बादललाई ब्ल्याकमेलिङ गरिरहेका उनको आरोप छ । संग्रौलाले लेखेका छन्, ‘निर्मला पन्तको बलात्कारपछि हत्यामा राम बहादुर थापा ’बादल’ को संम्लग्नताले उनी निरीह बने । उनको निरीह पनलाई केपी ओलीले ब्ल्याकमेलिङ गरिरहेका छन् । आफ्नो सत्ता स्वार्थलाई । धेरै कुरा समयक्रममा खुल्दै जाने छ ।’

यी सबै विषयमा अहिले बाहिर जानकारी नआएपनि समयक्रममा सबै खुल्दै जाने संग्रौलाले लेखेका छन् । उनले धेरै कुरा समयक्रममा खुल्दै जाने प्रष्ट पारेका छन् ।