कतारले १२५ जना नेपाली कामदार खोज्दै, खान बस्न सहित ३८ हजार तलब पाउने
२ चैत्र २०७७, सोमबार १२:०१
काठमाडौं । कतारको एक कम्पनीले १२५ जना नेपाली महिला र पुरुष कामदारको माग गरेका छन् ।
दोहा शहरमा रहेको ‘चाइना रेलवे एटीन्थ बुरेउ ग्रुप कम्पनी’ र ‘बुन्जर इभेन्टस् कम्पनीले कार्पेन्टरमा मसोनमा ५० जना पुरुष, ५० जना पुरुष, प्लम्बरमा २० जना परुष र ग्राउन्ड स्टेवार्डमा ५ जना महिला गरी जम्मा १२५ जना कामदारको माग गरिएको छ ।
काम गर्ने व्यक्ति दक्ष हुनु पर्ने कम्पनीले जनाएको छ । भने २ वर्षे करार अवधि रहेको सो काममा कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ । कामदारले तलब खान बस्न सहित ३८ हजार पाउने कम्पनीले जनाएको छ ।
इच्छुक कामदारले पोमोविरा रिक्युटमेन्ट कन्सलटेन्सी सर्भिस प्रा ली बुढानिलकण्ठ ६ हात्तिगौडा चक्रपथ काठमाडौंमा चैत्र ९ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने र र हवाई टिकट रोजगारदाताले बेहोर्ने विज्ञापनमा उल्लेख गरिएको छ ।
विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया