सडक निर्माणमा प्राविधिक त्रुटि नर्गन प्रधानमन्त्री ओलीको निर्देशन – Nagarikabhiyan : National News

सडक निर्माणमा प्राविधिक त्रुटि नर्गन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं ।  आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणमा प्राविधिक त्रुटि नर्गन निर्देशन दिएका छन् ।

 

जनताको जीवन रक्षा महत्वपूर्ण भएको सवारी साधन र यात्रुहरुको सुरक्षाको प्रत्याभूति हुनेगरी निर्माणमा भएका प्राविधिक त्रुटिका कारण दुर्घटना निम्तिने भएकाले सडक निर्माणमा प्राविधिक त्रुटि नर्गन प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् ।

 

प्रधानमन्त्रीले भने अब बन्ने सडकहरु कच्चा अथवा असुरक्षित सडकहरु हुनुहुँदैन । सडक राम्रा, फराकिला, पक्की सडक र सुरक्षित सडक हुनुपर्दछ । यो चाहे स्थानीय तहले, प्रदेशले अथवा संघीय सरकारले जहाँसुकैबाट निर्माण भए पनि यी पक्षहरुमा ध्यान दिनुपर्दछ । जनताको ज्यानको रक्षा, जनताको जीवन रक्षा हाम्रा निम्ति सबैभन्दा बढी महत्वपूर्ण छ । जनताको जीवन सुरक्षित र सुखी होस् । त्यसका निम्ति हामी हाम्रा सम्पूर्ण प्रयासहरु केन्द्रीत गरिरहेका छौं । यात्रुहरुको सुरक्षाको प्रत्याभुति हुने बाटो अहिलेको आवश्यकता रहेको भन्दै उनले त्यस प्रकारका बाटाहरु निर्माण गर्नुपर्नेमा जोड दिए ।