सिरहाको मालपोत कार्यालयमा बम विष्फोट, ६ जना घाइते र २ जनाको अवस्था गम्भीर
१ चैत्र २०७७, आईतवार १४:०९
काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ ।

विस्फोटमा परी ६ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा आइतबार दिउँसो करिब १ बजेतिर प्रेसरकुकर बम विस्फाट भएको हो ।

बम कसले किन बिस्फोट गराएको हो भन्ने खुलिसकेको छैन । घटनाबारे विस्तृत जानकारी आउन बाँकी प्रहरी उपरीक्षक सुदीप घिमिरे नेतृत्वको टोली घटनास्थल पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया