जिल्ला प्रशासन र जिल्ला अस्पतालको ढिलो उद्धारले एक सुत्केरी ज्यान गुमाइन्
२८ फाल्गुन २०७७, शुक्रबार १५:४९
काठमाडौं । मुगु जिल्लाको सोरु गाउँपालिका – ५ नेर गाउँमा बस्ने सुत्केरी भएकी २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उपचार नपाउँदा बिहीबार मृत्यु भएको हो ।
बुधबार स्थानीय नेर स्वास्थ्यचौकीमा धनलक्ष्मीले बच्चा जन्माएकी छिन् । साल ननिस्किँदा बेहोस भएकी शाहीको अत्यधिक रक्तश्रावबाट मृत्यु भएको हो । सुत्केरीको उद्धारका लागि जिल्ला प्रशासन र जिल्ला अस्पताललाई तत्कालै जानकारी गराइएको भएपनि हेलिकप्टर नआउँदा ज्यान गएको हो ।
प्रमुख जिल्ला अधिकारीले मन्त्रालयमा समन्वयन गरी हेलिकोप्टर काठमाडौंबाट सुर्खेत पुग्दासम्म सुत्केरीको ज्यान गइसकेको नेकपा एमाले मुगुका अध्यक्ष धर्मबहादुर शाहीले बताए । जिल्ला सदरमुकामदेखि नेर गाउँपुग्न दुई दिन पैदल हिँड्नुपर्छ। शाहीले छोरीको जन्म दिएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया