नागरिक अभियानका सम्पादक तथा गोरखापत्रकर्मी यादव सम्मानित
२६ फाल्गुन २०७७, बुधबार १९:३३
इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा लौकही उद्योग वार्णिज्य संघले नागरिक अभियान डटकमका सम्पादक तथा गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाई सम्मान गरेको छ ।

बुधाबार लौकही उद्योग वार्णिज्य संघले पाचौ कार्य समितिको पदभार ग्रँहण कार्यक्रममा गोरखापत्र दैनिकका इनरुवा समाचारदाता यादवलाई उद्योग, पर्यटन र व्यवपारीहरुको पक्षमा संचारमाध्यमबाट समाचार र लेख प्रकाशन गरि योगदान गरेको भन्दै सम्मान गरेको हो । यादवलाई कार्यक्रमका विषेश अथिति कोशी गाउँपालिकाका उपाध्यक्ष अनिता यादवले सम्मान पत्रका साथ सम्मानित गर्नुभयो । कार्यक्रममा लौकही उद्योग वार्णिज्य संघका निवर्तमान अध्यक्ष अरुणकुमार यादव, सचिव सत्यवान मण्डल(सुमन) र कोषाध्यक्ष विनोद यादव सहित पूर्व सभासद सविता यादव र कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारी सहितको ृपस्थिती रहेको थियो । यसैबीच सोही कार्यक्रममा लौकहीका युवा पत्रकार तथा सत्य संसार साप्ताहीकका कोशी प्रमुख पवनकुमार रौनीयारलाई समेत सम्मान गरेको छ ।





फेसबुकबाट तपाईको प्रतिक्रिया