विश्वको पहिलो नम्बरमा बढी डाउनलोड र आम्दानी गर्ने एप “TikTok” – Nagarikabhiyan : National News

विश्वको पहिलो नम्बरमा बढी डाउनलोड र आम्दानी गर्ने एप “TikTok”

काठमाडौं ।  विश्वमा सबैभन्दा बढी डाउनलोड हुने र सबैभन्दा बढी आम्दानी गर्न एप ‘TikTok’ पहिलो नम्बरमा परेको छ ।

 

संस्था सेन्सर टावरका अनुसार गएको फ्रेबुअरीमा मात्रै टिकटक ५ करोड ६० भन्दा बढी डाउनलोड भएको छ ।  टिकटक पछिल्लो ११ महिनादेखि सबैभन्दा बढी आम्दानी गर्न एप बनेको छ । भने फेसबुक फेब्रुअरीमा दोस्रो धेरै डाउनलोड हुने एप भएको छ ।  इन्स्टाग्राम र ह्वाट्एप क्रमशः तेस्रो र चौंथो नम्बरमा रहेका छन् ।

 

फेब्रुअरीमा महिनामा टिकटक प्रति प्रयोगकर्ता १ सय १० अमेरिकी डलर आम्दानी गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा १।९ गुणा बढी हो ।

 

सेन्सर टावरका अनुसार उक्त अवधिका फेसबुक ४ करोड ५० लाखभन्दा बढी डाउनलोड भएको छ । यसअघि जनवरी महिनामा यो सूचीको पहिलो नम्बरमा म्यासेजिङ एप टेलिग्राम रहेको थियो ।