सुनसरी सशस्त्र प्रहरीद्वारा झन्डै ४९ किलो गाँजा बरामद – Nagarikabhiyan : National News

सुनसरी सशस्त्र प्रहरीद्वारा झन्डै ४९ किलो गाँजा बरामद

 इनरुवा । सुनसरीमा सशस्त्र प्रहरीले ठुलाे परिणाममा अवेध गाजा बरामद गरेकाे छ । सुनसरीको कोशी गाउँपालिका वडा न- ८ भण्टावारीमा केरा बगैचामा लुकाएर राखिएको अवस्थामा ४९ किलाे लागुऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरी बल भण्टावारीको इन्चार्ज भुवन खड्काले बताउनुभयो ।

उहाका अनुसार निजी जग्गामा राखिएको केरा बगैचाको माटो मुनि लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो । यता गाँजा राखेर विभिन्न ठाउँमा बिक्री वितरण गर्ने गरिएको बताउँदै उहाले यस सम्बन्धमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको जानकारि दिनुभयो । तस्करी गर्ने उद्देश्यले राखिएको गाजा सशस्त्र प्रहरीले बरामद गरे पनि तस्कर पक्राउ पर्न नसकेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीबाट इन्स्पेक्टर भुवन खड्का नेतृत्वमा खटिएको टोलीले मंगलबार साँझ सो परिमाणको गाजा बरामद गरेको हो । कोशीको बगरबाट भारततर्फ तस्करी गराउने उद्देश्य राखिएको गाजा बरामद गरेको इन्स्पेक्टर खड्काले जानकारी दिएका छन् । पछिल्लोपटक सुनसरीको विभिन्न सिमावर्ति नाकाका साथे जिल्लाकाे ग्रामीण भेगहरुमा समेत अवेध गाजा तस्करी फष्टाएकाे प्रहरी स्रोतले जनाएको छ ।