आज अन्तराष्ट्रिय नारी दिवस, सुनसरीमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै – Nagarikabhiyan : National News

आज अन्तराष्ट्रिय नारी दिवस, सुनसरीमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

अजमल अन्सारी ।इनरुवा २५ फागुन, सोमबार १ सय एघारौं अन्तर्राष्ट्रिय नारी दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । अन्तर्राष्ट्रियस्तरमा लैंगिक समानताका लागि पाईला हाराहारी: सन् २०३० सम्म हिस्सा बराबरी नारा तय गरिएपनि नेपालमा भने संविधानलाई व्यवहारमा उतारौं ः महिला अधिकार सुनिश्चित गरौं नाराका साथ दिवस मनाईंदैछ । सुनसरीको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका , कोशी गाउँपालिका, हरिनगर गाउँपालिका लगायत सुनसरीमा १२ वटा स्थानीय तहले दिवसको अवसरमा भब्यताका साथम कार्यक्रम सम्पन्न गरेका छन् । दुहबी नगरपालिकामा वातावरण संरक्षण तथा दक्ष जनशक्ति विकास केन्द्र नेपालले नगरपालिकाको समन्वयमा आयोजना गरेको कार्यक्रममा महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध , नेपालको आधार नाराका साथ अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । यसैबीच भोक्राहा नरसिंह गाउँपालिकामा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध , नेपालको आधार नाराका साथ कार्यक्रम सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष पुनम मेहताले बताइन् । नेपालको नयाँ संविधान महिला मैत्री भएपनि कार्यान्वयनमा चुनौती भएको भन्दै सरोकारवालाले संविधान कार्यान्वयनका लागि बन्ने कानून पनि महिला मैत्री बन्नुपर्नेमा जोड दिएका छन् । नेपालको संविधानले धेरै हदसम्म महिलाको हकहित र सरोकारलाई समेट्ने प्रयास गरेको भन्दै उपाध्यक्षले , संवैधानिक प्रावधान अनुकूल कानुन, नीति र संरचना तयार गरी कार्यान्वयन गरेर मात्र महिला विकासको अवधारणालाई सुनिश्चित गर्न सकिने बताउनुभएको छ । कार्यक्रममा वडा अध्यक्ष हातिम अन्सारीले भन्दै अख्तियार गरेको शून्य सहनशीलताको नीति तथा महिला सशक्तीकरण गर्ने सरकारको अभियानमा सबैलाई एक भएर लाग्न आह्वान गर्नुभएको छ । कानुन अधिकतम समतामूलक समाज निर्माणको पक्षमा गराउन र अधिकार प्राप्तिको अभियानमा महिलाहरू अझै चनाखो भई अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । समान कामको समान ज्याला र कामको समय ८ घण्टा हुनुपर्ने माग राखेर अमेरिकाको न्युयोर्क सहरमा उठेको श्रमिक महिलाको आन्दोलनले संस्थागत स्वरूप ग्रहण गरेको १११ वर्ष पूरा भएको छ । सन् १९०८ मार्च ८ मा न्यूयोर्क शहरको गार्मेन्ट कारखानामा काम गर्ने महिला कारखानाका मालिक विरूद्ध सडकमा उत्रेका थिए । सन् १९१० मा कोपेनहेगनमा सम्पन्न अन्तराष्ट्रियस्तरको श्रमिक महिलाको सम्मेलनले महिलाले आन्दोलन शुरु गरेको दिनलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय गरेयता हरेक वर्ष ८ मार्चमा यो दिवस मनाउने गरिएको छ ।