आज नारी दिवस, भ्रष्टाचारी र बलात्कारी विरुद्धमा महोत्तरीका महिलाहरुले गरे सडक प्रदर्शन
२४ फाल्गुन २०७७, सोमबार १५:५०
काठमाडौं । बर्दिबासमा महोत्तरीका महिलाहरुले भ्रष्टाचारीलाई फाँसी दिन सरकारसँग माग गर्दै सडकमा प्रदर्शन गरेका छन् ।

आज १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महोत्तरीको बर्दिबासमा महिलाहरुले बलात्कारीलाई फाँसीको सजाय हुनु पर्ने नारा सहित सडक प्रदर्शन गरिएका छन् । अखिल नेपाल महिला संघ जिल्ला कार्यसमिति महोत्तरीले आयोजन गरेको र्यालीमा जिल्लाभरीका महिलाहरुको सहभागिता रहेका थिए ।

नेकपा (प्रचण्ड–नेपाल) का केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको उपस्थितमा र्यालीको कार्यक्रम आयोजना गरिएको हो । बर्दिबास चोक परिक्रमा गर्दै र्याली कोण सभामा परिणत भएको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया