एलायन्स यूथ क्लबका अध्यक्ष अन्सारीले भने “नारीलाई सधैं सम्मान गरौँ, चाहे आफ्ना हुन् या अर्काका नारी हुन्” – Nagarikabhiyan : National News

एलायन्स यूथ क्लबका अध्यक्ष अन्सारीले भने “नारीलाई सधैं सम्मान गरौँ, चाहे आफ्ना हुन् या अर्काका नारी हुन्”

काठमाडौं ।  आज १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस नेपालका हरेक ठाउँमा (महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार) भन्ने नारामा दिवस मनाइँदै छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको यी नारालाई प्रष्ट व्यहारमा उतार्न एलायन्स यूथ क्लबका अध्यक्ष इजाज अन्सारीले भने लेखाइमा मात्र होइन व्यवहारमा समेत आउनु पर्छ ।

हाम्रो देशको  संविधानले व्यवस्था गरे अनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको सहभागिता हुनुपर्दछ । २१ औं सताब्दीमा आएपनि पिडित र अशिक्षित समाजमा महिला माथि धेरै शोसन, हिंसा इत्यादी हुदै छन् ।  “नारीलाई सधैं सम्मान गरौँ, चाहे आफ्ना हुन् या अर्काका नारी हुन्” हरेक क्षेत्रमा सम्मान व्यवहार हुनु पर्छ ।

हाम्रो समाजमा नारीलाई जातजातिमा पनि भेदभाव गरिएको छ । जुन चाहिं हरेक फिल्डमा हेरिन्छ । जब कुनैपनि निकायमा पदको कुरा आउछ त्यहाँ जाति हेरेर राखिन्छ त्यस्तो विकृति पद छुट्याउने शासनलाई जराबाटै समाप्त गर्नुपर्छ । आफ्नो सोच परिवर्तन गरौँ, समाज र राष्ट्र आफैं हुनेछन ।