ऋषि कट्टेलले जिते मुद्दा, ओली-प्रचण्डको नेकपा खारेज – Nagarikabhiyan : National News

ऋषि कट्टेलले जिते मुद्दा, ओली-प्रचण्डको नेकपा खारेज

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादमा फैसला सुनाएको छ । सो मुद्दामा ऋषि कट्टेलले मुद्दा जितेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज भएका छन् ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो ।

यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।