एजेन्सी
काठमाडौं । वैज्ञानिकहरुले सन् २०२७ सम्ममा अन्तरीक्षमा सुविधा सम्पन्न होटल बनाउने छन् । दिनहुँ नयाँ नयाँ खोज अनुसन्धान कहिले नयाँ ग्रहको खोजी गरिएको हुन्छ त कहिले त्यहाँ बस्ती बसाल्ने योजना अब होटेल पनि हुनेछन । होटलका सबै संरचनाहरु पृथ्वीमै तयार गरी अन्तरीक्षमा पूराइनेछ ।
चर्चित डिजाइनिङ कम्पनी आर्टिबल असेम्बली कर्पोरेसनले सन् २०२७ सम्म अन्तरीक्षमा बनाउने एक होटलको नमुना शेयर गरेको छ । उक्त होटलको निर्माण कार्य सन् २०२५ बाट सुरु हुने बताइएको छ र त्यसको २ वर्षमा निर्माणकार्य पूरा हुनेछ । त्यसमा कृत्रिम गुरुत्वाकर्षण कायम हुनेछ । अर्थात् त्यसमा चन्द्रमामा जस्तो गुरुत्वाकर्षण कायम गरिनेछ ।
अन्तरीक्षको उक्त होटेललाई एक ठूलो वृत्ताकारमा तयार गरिनेछ। त्यसमा शयन कक्ष, बार, रेष्टुरेन्ट, स्पा, सिनेमा हल, जिमखाना लगायतका सुविधाहरु उपलब्ध हुनेछन् । उक्त होटलमा फाइभ स्टार होटलमा जस्तै सुविधाहरु उपलब्ध हुने बताइएको छ । उक्त होटल भएको स्पेस स्टेसनमा केही वृत्तहरु थप गरिनेछ र त्यसलाई अनुसन्धानका निमित्त नासालाई प्रदान गरिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया