बालविवाहका कारण घटना दर्ता गर्न नपाएपछि छोराछोरी शिक्षाबाट बन्चित – Nagarikabhiyan : National News

बालविवाहका कारण घटना दर्ता गर्न नपाएपछि छोराछोरी शिक्षाबाट बन्चित

काठमाडौं ।  कैलाली जिल्लाको एक महिलाको छोराछोरी विद्यालय जाने उमेरका भइसक्दा पनि उनीहरुले न त विवाह दर्ता गर्न पाएका छन् न छोराछोरीको जन्मदर्ता । यसरी घटना दर्ता गर्न नपाएपछि उनीहरु चिन्तामा छन् ।

टीकापुरको एकतानगरकी लक्ष्मी आउजीले १३ वर्षको कलिलो उमेरमा विवाह करेकी थिइन्  । जसको कारण ती महिला बालविवाहमा परिन्  । हाल उनले   जन्माएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित भएका छन् ।

ति महिला खेल्ने, पढ्ने उमेरमा विवाह गरेकी लक्ष्मीले विवाहपछि धेरै समस्यासँग जुध्नुपर्यो ।अहिले २२ वर्ष टेकेकी लक्ष्मीका तीन सन्तान छन् । “बालकै हुँदा विवाह भयो, बच्चैमा बच्चा हुर्काउनुपर्यो”, लक्ष्मी भने, “दुई बच्चा विद्यालय जाने उमेरका भइसके, अहिलेसम्म विवाह दर्तासमेत भएको छैन ।

अब त उमेर नपुगी गर्न मिल्दैन भन्छन्, मलाई त चिन्ता पो लाग्छ । विवाह दर्ता नभएका कारण बच्चाको जन्मदर्तासमेत छैन”, मधुले भने, “घटना दर्ता नभएसम्म कानूनीरूपमा सुरक्षित भइन्न भन्छन् । पढ्ने उमेरमा विवाह गरियो, अब पछुताउनुपरेको छ ।”

पढ्ने उमेरमा विवाह गरेर पढाइलेखाइबाट वञ्चित भएँ”, उनी भन्छन्, “कसैले उमेर नपुग्दै, लेखपढ नसकी विवाह नगर्नुहोला । जीवन निकै पीडादायी हुन्छ । अभिभावकको लापरवाहीका कारण विपन्न बस्ती तथा शिविरमा अहिले पनि  बालबालिका सानै उमेरमा विवाह गर्ने गरेको स्थानीयवासी पदम दमाइको भनाइ छ ।

नेपालको कानूनअनुसार २० वर्षमुनिको उमेरमा भएको विवाह स्वतः बदर हुन्छ । यदि कसैले २० वर्ष नपुग्दै विवाह गरेको उजुरी परेमा त्यसलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ अन्तर्गत तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुने गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले बताए ।