सरकार र विप्लवबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर – Nagarikabhiyan : National News

सरकार र विप्लवबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर

काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच तीन बुदे सहमति पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा शुक्रवार हस्ताक्षर भएको हो ।

सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेले हस्ताक्षर गरे ।

शुक्रवार राष्ट्रियसभा गृहमा ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’ कार्यक्रम गरेर दुवैबीच  हस्ताक्षर भएको हो  । हस्ताक्षरसँगै ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमति हस्ताक्षर समारोह’ कार्यक्रमलाई महासचिव विप्लवले मन्तव्य राखिरहेका छन् ।