एसिड आक्रमणको कडा कानुन ल्याउने मुस्कान खातुनले अमेरिकी IWOC अवार्डबाट सम्मानित
२१ फाल्गुन २०७७, शुक्रबार ०९:२३
काठमाडौं । नेपालमा महिलाहरु माथि हुने एसिड आक्रमण अन्त्य गर्नका लागि मुस्कान खातुनले खेलेको भूमिकालाई कदर गर्दै IWOC अवार्डबाट सम्मानित हुने भएकी छन् ।
मुस्कान खातुनले प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज (आइडब्लूओसी) द्वारा उक्त अवार्डबाट सम्मानित गर्न लागिएको हो । नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकाकी प्रथम महिला जिल बाइडेन र सेक्रेटरी अफ स्टेट टोनी ब्लीनकेनले आगामी मार्च ८ मा भर्चुअल कार्यक्रमबीच मुस्कानलाई उक्त अवार्ड प्रदान गर्ने जनाएका छन्।
मुस्कान खातुनले १५ वर्षको उमेरमा प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै एसिड आक्रमणको शिकार बनेकी थिइन् । घटना उनको अनुहार, छाती र हातमा चोट लागेको थियो । यसका बावजुद उनले यस विपत्लाई नेपालमा परिवर्तन ल्याउने अवसरको रुपमा परिणत गरिन् ।
मुस्कानले नेपालमा एसिड आक्रमणबारे कडा कानुन ल्याउन पहलकदमी लिइन् । उनले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट गरेकी थिइन् ।
नेपालस्थित अमेरिकी दूतावासले IWOC अवार्ड दिन लागिएको यो १५ औँ वर्ष रहेकोे जनाएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया