झापामा तीन सवारी ठोक्किँदा दुई जनाको मृत्यु
१९ फाल्गुन २०७७, बुधबार १९:११
झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको सुरुङ्गा माईधार सडक खण्डमा आज भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका १६ बस्ने २८ वर्षीय दीपक क्षेत्री र कारमा सवार सोलुखुम्बु पासाङ गाउँपालिका १ बस्ने ३० वर्षीय दिलीप राना मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज अपराह्न करिब साढे ४ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ४ क १६८४ नम्बरको ट्रकले सुरुमा प्रदेश १-००१ च ०१६७ नम्बरको कारलाई ठक्कर दिएको थियो । त्यसपछि सो ट्रकले प्रदेश १-०१-०१३ प १७८३ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया