ताप्लेजुङमा आगलागीबाट पीडित भएकालाई रु. ५ लाख सहयोग गर्ने नेकपा नेता भट्टराईको घोषणा – Nagarikabhiyan : National News

ताप्लेजुङमा आगलागीबाट पीडित भएकालाई रु. ५ लाख सहयोग गर्ने नेकपा नेता भट्टराईको घोषणा

काठमाडौ ।  हिजो मंगलबार प्रदेश-१  ताप्लेजुङ जिल्लाको मेरिङ्देन गाउँपालिका-३  का  दोस्रो ठूलो बजार दोभान मा आगलागी ३५ भन्दा बढी घर जलेर पूरै नष्ट भएका थिए । सो आगलागीबाट पीडित भएकालाई सहयोगका लागि पुर्वमन्त्री एवं नेकपा नेता योगेश भट्टराईले पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको जनाएका छन ।

विकट हिमाली जिल्ला ताप्लेजुङमा बर्सेनि साना र ठूला आगलागीका घटना भइरहन्छन् । आगलागी नियन्त्रणका लागि पर्याप्त पूर्वतयारी नहुनु, स्थानीयमा सचेतना नहुनुलगायत कारणले ताप्लेजुङ प्रत्येक वर्ष जलिरहन्छ । जसका कारण बर्सेनि धेरै नागरिक घरबारविहीन हुन्छन् । पूर्वमन्त्री भट्टराईका अनुसार साँघुरो ठाउँमा साना रहेका झुप्रा घरका कारण पनि आगलागीका घटना धेरै हुने गर्छ । घरहरू झुप्रा छन् । खरको छानो भएका र टिनको छानो भएका काठका पुराना घर छन । विद्युत्का तार पुराना जमानका छन् सर्ट हुने र आगलागी हुने खतरा उस्तै छ । ताप्लेजुङमा पूर्वतयारीको नाममा एउटा दमकल मात्र रहेको ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराई बताउँछन् । पूर्वतयारी भनेको त साधन स्रोत हो ।