विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो, ४६ लाखभन्दा बढि संक्रमित – Nagarikabhiyan : National News

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो, ४६ लाखभन्दा बढि संक्रमित

काठमाडौं । कोरोना भाइरसको सङक्रमणबाट ज्यान गुमाउनेको संख्या करिब ३ लाख ८ हजार पुगेको छ । विश्वभर हालसम्म ३ लाख ८ हजार ८ सय ५३ को मृत्यु भएको छ । कुल संक्रमितको संख्या ४६ लाख ४१ हजार ९१५ रहेको छ ।

हालसम्म १७ लाख ६८ हजार ५ कोरोना संक्रमित उपचार पछि निको भइकेका छन् । विश्वमा सबैभन्दा बढी ग्रस्ति अमेरिकामा हालसम्म ८८ हजार ५०७ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १४ लाख ८४ हजार २८५ रहेका छन् ।

बेलायतमा ३३ हजार ९९८ , इटलीमा ३१ हजार ६१०, स्पेनमा २७ हजार ४५९, फ्रान्समा २७ हजार ५२९ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म २७६ जना कोरोना सङक्रमित भएका छन।जसमध्ये ३६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन ।