ताप्लेजुङको दोभान बजारमा आगलागी, ३५ घर जलेर पूरै नष्ट – Nagarikabhiyan : National News

ताप्लेजुङको दोभान बजारमा आगलागी, ३५ घर जलेर पूरै नष्ट

काठमाडौं ।  प्रदेश-१  ताप्लेजुङ जिल्लाको मेरिङ्देन गाउँपालिका-३  का  दोस्रो ठूलो बजार दोभान मा आगलागी ३५ घर जलेर पूरै नष्ट भइसकेको छ। आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी लागेको स्थानीयवासीले जनाएको छ ।

दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ पछिको दोस्रो ठूलो र व्यस्त बजार मानिन्छ। सबै घर जोडिएर बनेका र काठ र टिनबाट निर्मित घर भएकोले आगो झन् दन्किरहेको स्थानीयले बताएका छन् ।  सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको  जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए।  आगो नियन्त्रणका स्काइभेटरको प्रयोग गरेर केहि घर भत्काउने कार्य पनि भइरहेको छ। दोभान बजारको खाम्लुङतर्फको भागमा आगोले बढी क्षति गरेको बताइएको छ। फुङ्लिङ बजारमा रहेको बारुण यन्त्र समेत आगलागिग्रस्त क्षेत्रतर्फ पठाइएको छ ।