गृहजिल्लाबाट प्रधानमन्त्री ओलीले दिए यस्ताे चुनौती, प्रचण्ड समुहमा उथलपुथल !
१६ फाल्गुन २०७७, आईतवार १९:१८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड(नेपाल समूहलाई अविश्वास प्रस्ताव पारित गरेर देखाउन चुनौती दिएका छन् ।
आइतबार झापा (प्रधानमन्त्री ओलीको गृहजिल्ला) मा औद्योगिक पार्कको शिलान्यास गर्दै प्रम ओलीले अविश्वास प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड(नेपाल समूहलाई यस्तो चुनौती दिएका हुन् ।
कार्यक्रममा बोल्दै उनले जनताको आशीर्वाद लिएर आगामी चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्ने बताएका छन्। यसबाहेक उनले साथै नेत्रविक्रम चन्द (विप्लव) समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताए ।
नेपाललाई गरीब मुलुकबाट स्तरोन्नति गरेर विकासशील देशमा सिफारिश गरिएको उल्लेख गर्दै प्रम ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान आफ्नो प्राथमिकता रहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया