बाजुराको कोल्टी ठाउँमा पहिलो पटक बस आएपछि स्थानीय खुशी हुँदै फूलमालाले स्वागत गरे
१६ फाल्गुन २०७७, आईतवार १६:४३
काठमाडौं । आज आइतवार बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीमा पहिलो पटक बस आएपछि स्थानीय खुशी हुँदै फूलमालाले स्वागत गरेका छन् । बाजुराको कोल्टी–मार्तडी सडक निमार्ण भएको झण्डै २० वर्षपछि बस पुगेको रहेछ । चारवटा स्थानीय तह र कर्णाली प्रदेशको हुम्ला, कालीकोट र मुगुलगायतका बासिन्दालाई सेवा दिने उद्देश्यले आइतबारबाट नियमित वस सेवा सञ्चालन भएको व्यवसायी गणेश शाहीले जनाएको छ । स्थानीय खुशी हुँदै फूलमालाले स्वागत गरेका छन् । कर्णाली प्रदेशको चंखेली गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुरादेखि कोलीकोटसम्म बस सेवा सञ्चालन हुने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया