प्रचण्डलाई गोकुल बाँस्कोटाको व्यंग्य : नेकपा = नेपाल कम्फर्टेबल पार्टी
१५ फाल्गुन २०७७, शनिबार १९:४०
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार एक अन्तर्वार्तामा भारतलाई कम्फर्टेबल हुने सरकार गठन गर्ने बताएपछि पूर्व मन्त्री गोकुल बाँस्कोटाले व्यंग्य गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता समेत रहेका बाँस्कोटाले प्रचण्ड पक्षीय नेकपाको अर्थ नेपाल कम्फर्टेबल पार्टी लगाएका छन् ।
‘नेपाल कम्फर्टेबल पार्टी = नेकपाका २४ घण्टे राष्ट्रवादीहरू र नागरिक अभियन्ताहरू अब कुन झण्डा साथ सडकमा आउलान् ? भव्य बैठक आयोजित हुँदै होला कसरी विषय मोडिदिने भनेर ? चाइँचुइँ छैन त ? कि लावण्य प्रान्तको मुख्यमन्त्री खोज्न लाग्या छन् ?’ उनले देखेका छन्, ‘कसैले देखभेटेमा म पनि थाहा पाउँ है, मान्यवर हो ।’
शुक्रबारको अन्तर्वार्तामा प्रचण्डले नेकपा प्रचण्ड–नेपाल पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) मिलेर बनेको सरकार भारतका लागि कम्फर्टेबल हुने अभिव्यक्ति दिएका थिए । मिडिया डबलीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया