नेकपा विवादको अन्तिम टुंगो नलागे सम्म काङ्ग्रेसले कुनै पक्षसँग सहकार्य नगर्ने ! – Nagarikabhiyan : National News

नेकपा विवादको अन्तिम टुंगो नलागे सम्म काङ्ग्रेसले कुनै पक्षसँग सहकार्य नगर्ने !

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलागे सम्म नेपाली कांग्रेसले
कुनै पक्षसँग सहकार्य नगर्ने जनाएको छ ।

आज बिहिवार बसेको काङ्ग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय मागेका थिए । नेकपा विभाजन भएर सरकार बन्नै नसक्ने अवस्था आए मात्र यसबारे पार्टीमा छलफल गर्नु उपयुक्त हुने नेताहरुले राय दिएका थिए ।
संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे नेकपाको विवाद अन्तिम टुंगो नलागेसम्म कांग्रेस कसैको पक्ष वा विपक्षमा उभिन सक्दैन बताए ।