मानव अधिकार गोष्टी सम्पन्न
१३ फाल्गुन २०७७, बिहीबार १९:३१
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ शिवगञ्जमा मानव अधिकार विषयक गोष्टी फागुन १२ गते सम्पन्न भएको छ । मानव अधिकार समूह भोक्राहा नरसिंहको आयोजना, ३ नम्बर वडा कार्यालयको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको सहयोगमा मानव अधिकार गोष्टी सम्पन्न भएको हो । वडा स्तरिय मानव अधिकार गोष्टी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), को सहयोग तथा मानव अधिकार समुहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा छलफल गर्दै सम्पन्न भएको छ ।
स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गरिने परियोजना अन्तर्गत सो कार्यक्रम गरिएको परियोजनाका जिल्ला सहजकर्ता जयकृष्ण यादवले बताउनुभयो ।

कार्यक्रममा सहभागितहरुले जनप्रतिनिधि आएपनि गाउँपालिका र वडामा रहेका विद्यालयहरुमा निकै सुधार भएको र वडाबाटै स्वास्थ्य चौकीको सेवा पाएको बताएका छन् । सहभागी दिपेन कुमार यादवले चिरौली क्षेत्रका अधिकांश पसलहरुमा म्याद नाघी आएका खाद्य पदार्थ पाइने गरेको गुनासो गर्नुभयो ।
मान्ती देवी रामले सुकुम्बासी समस्या विकराल रहेकाले उनीहरुको आबाश अधिकारको ग्यारेण्टी गर्नुपर्ने माग गर्नुभयो । कार्यक्रमा रामपृतकुमार यादवले किसानहरुले समयमा सूचना नपाएको र सरकारी अनुदान तथा राहतबाट बन्चित हुनुका साथै उत्पादन गर्ने समयमा मलखाद र विउँको अभाव अनि उत्पादन जसोतसो गरेको भएपनि बजार भाउँको समस्या रहेको बताउनुभयो । यादवले किसानका लागि स्यालो वा विधुतिय भुमीगत सिंचाईका लागि सहयोग गर्नुपर्ने माग गर्नुभयो । सहभागीहरुको गुनासोलाई समाधानका लागि आफूले सक्दो पहल गर्ने भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष सुकदेव यादवले बताउनुभयो ।

वडामा विगतमा देखिएको स्वास्थ्य क्षेत्रको समस्या र चुनौतीहरुलाई समाधान गर्न वडामा स्वास्थ्य केन्द्र स्थापना गरेको, वडामा आधारभुत तहको जनता स्कूललाई दुई वर्ष अघि मात्रै माविमा स्तोरोन्नती गरेको र थप दुई वटा आधारभुत विद्यालयलाई नियमित गरेको, सुकुम्बासी र दलित बालबालिकाहरुलाई विद्यालयमा आकर्षण गर्न खाजा कार्यक्रममा खाजा नै खुवाएको बताउनुभयो । मानव अधिकार समूहसँग समन्वय गरेर थप मानव अधिकारमैत्री, कृषिमैत्री, बालमैत्री र महिलामैत्री विकासको काम गर्नेमा भूमिका खेल्ने बताउनुभयो ।
सहभागी रोहित मुखियाले आवासको अधिकारबाट वन्चित रहेका नागरिकहरुको समस्यालाई सम्बोधन गराउनका लागि दवाबमूलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा पशुराम यादवले मानव अधिकार समुहले मानव अधिकारका सवालमा सम्बन्धित पक्षलाई सचेत पार्दै आएको बताउँदै मानव अधिकारका सवालहरुलाई सम्बोधन गर्न स्थानीय तह र वडा सक्रिय हुनुपर्ने बताउनुभयो ।
स्थानीय जयप्रकाश यादवले पालिकाको शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र तथा खाद्य क्षेत्रको विकासको लागि प्रभावकारी र थप बिभिन्न प्रकारका कार्यक्रमहरु सञ्चाल गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सत्य नारायण यादवले मानव अधिकार र हरेक मानिसले् पाउने अधिकारका साथै बिकासको कसतो हुनु पर्छ त भन्ने बिषयमा जानकारि दिने उद्धश्यले यो गोष्टिको आयोजना गरिएकोमा सहयोगि संस्थालाई धन्यवाद दिनुभएको छ ।
कार्यक्रममा कृष्ण कुमार यादव र देवकृष्ण यादवले हरेक ब्यक्तिले जन्मे पछि गाँस वाँस र कपासको ब्यवस्थाको सहज महसुस गर्न पाउनुपर्छ भन्ने कुरा रहेकाले त्यसको अनुभुती राज्यले गराउन जरुरी रहेको बताउनुभयो । पुनमकुमारी यादवले समेत मानव अधिकारको महसुस गर्न पाउने ब्यवस्थाको लागि राज्यको कानुन र प्रणलि रहेको भएपनि त्यसको कार्यान्वय गर्नुपर्नेमा जोड दिनुभयो । राज्यको प्रणालिबाट हरेक नागरिकले आफूले पाउनु पर्ने अधिकार र सेवा सुबिधा पाउने गर्दछन तर त्यसको अनुभुतीका बारेका गोष्टी कार्यक्रम निकै प्रभावकारी भएको रामसिता आधारभुत विद्यालयका प्रधानाध्यापक बलरामकुमार यादवले बताउनुभयो ।
समाजमा भएको बिकास र त्यसमा नागरिकले सकारात्मक रुपमा खेल्नुपर्ने भुमिकाको बिषयमा पहिले आफु वा ब्यक्तिको सोच सकारात्मक र परिवर्तनशिल हुनुपर्ने त्यस पछि आफैबाट परिवर्तन गरि ब्यवाहारमा लागु गरेमा बिकास र अधिकार सबैले पाउनेमा गोष्टिका सहभागी आनन्द यादवलले बताउनु भयो ।
शिक्षा,स्वास्थय,लगायत दैनिक रुपमा नँभैनहुने मानिसका आवास्यक्ताहरु अकार ब्यक्तिको अधिकार हनन नहुने गरि क्रमिक बिकासमा लागेमा सकारात्मक बिकास हुने सहभागी रन्जित यादवको भनाई थियो । सहभागी अभिषेक यादवले जव ब्यक्तिमा सकारात्मक सोचको बिकास हुदैन तव सम्म समाजमा रहेका जातिय, समाजिक, धार्मिक बिभेदको अन्त्य नहुने र त्यो परिर्वतन ब्यक्तिले स्वयम आफैबाट सूरु गर्नु पर्नेमा जोड दिनुभयोे ।
गोष्टिमा पत्रकार अजमल अंसारी सहितका सँचारकर्मिहरु, मानवअधिकारकर्मि, बिभिन्न गैरसरकारी सँस्थाका प्रतिनिधि लगायत सरकारका सेवाप्रदायक सरकारी निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा जितेन्द्र यादव, बेचन यादव र बलराम कुमार यादव सहितका ३० बढी सरोकारबालाहरुले गोष्टिको उद्धेश्य राम्रो भएको र यसले सकारात्मक सोचको बिकास गरि कार्यान्वयनमा लगाउनु र समाजमा मानव अधिकारको बिकासमा योगदान गर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया