संसद विघटन सर्बोच्चबाट बदर गर्न आदेश
११ फाल्गुन २०७७, मंगलवार १८:३७
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनको कदम बदर गर्दै संसद पुनःस्थापना गर्ने गरी आदेश दिएको छ ।
मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । योसँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेभित्र बोलाउनुपर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विदादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा भंग गर्ने निर्णय गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया