स्रोत नखुलेको रु दश लाख नगदसहित दुई महिला पक्राउ
११ फाल्गुन २०७७, मंगलवार १८:२६
राजविराज । शसस्त्र प्रहरीले स्रोत नखुलेको रु १० लाख रुपैयाँसहित सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित बेल्ही भन्सार अगाडीबाट दुईजना महिलालाई आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंङकु दास रहेको शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक राजु श्रेष्ठले बताउनुभयो ।
उनीहरुलाई बीओपी तिलाठीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा स्रोत खुल्न नसकेको रु दश लाख पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
भारतको कुनौली हुदै नेपाल तर्फ रकमसहित भित्राउदै गरेको अवस्थामा शंका लागेर ति महिलालाई चेकजाँच गर्दा उनीहरुको साथबाट रु १० लाख रुपैयाँ बरामद भएको शसस्त प्रहरीले जनाएको छ ।
यता स्रोत खुलाउन नसकेका कारण बरामद रकमसहित दुवै जनालाई बेल्ही भन्सार कार्यालय राजविराजमा बुझाउने तयारी भइरहेको उहाँको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया