एक किलो चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ
११ फाल्गुन २०७७, मंगलवार १६:३३
राजविराज । शसस्त्र प्रहरीले सप्तरीको तिलाडी कोइलाडी गाउँपालिकास्थित बेल्हीबाट आज दिउँसो अवैध चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्र्तगत मधुवनी जिल्लाको भरपुरी घर भएका २६ वर्षीय जोसिम आलम रहेको शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो ।
भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा उनको साथबाट १ केजी ३९ ग्राम अवैध चाँदी बरामद गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ बेल्हीबाट उक्त चाँदीसहित उनलाई नियन्त्रणमा लिएको आलमलाई राजविराज भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरी उपरिक्षक श्रेष्ठले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया