प्रधानमन्त्री ओलीले मनाए आफ्नो ७० औं जन्मोत्सव
११ फाल्गुन २०७७, मंगलवार १५:५२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७०औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना परिवारका सीमित सदस्यहरुका साथमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाएका हुन् ।

प्रधानमन्त्री ओलीले जन्मदिनको कुनै औपचारिक कार्यक्रम नराखेपनि प्रधानमन्त्री निवासमै पारिवारिक रुपमा जन्मदिन मनाउनु भएको छ । उहाले नेवारी सस्कृतिअनुसार जन्मदिनको सगुन लिनु भएको छ । पिता मोहनप्रसाद ओलीले टिका र माला लगाई शुभकामना समेत दिनुभएको छ ।

२००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा बाबु मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको पहिलो सन्तानका रुपमा उनी जन्मेका थिए । ओलीका बुवा मोहनप्रसाद अहिले ९१ वर्षमा हिंडिरहेका छन् । आमालाई भने उनले सानै उमेरमा गुमाएका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया