लागुऔषधसहित तीन युवक पक्राउ – Nagarikabhiyan : National News

लागुऔषधसहित तीन युवक पक्राउ

राजविराज ।  सशस्त्र प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाबाट सोमबार साँझ तीन जना युवकलाई लागुऔषधसहित पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा मोरङ पथरीका २३ वर्षिय निर्मल परियार, २२ वर्षिय करन लिम्बु र २५ वर्षिय करन तामाङ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

गाउँपालिकास्थित बेल्ही भन्सार कार्यालय सुरक्षार्थ खटिएको सशस्त्र बरिष्ठ प्रहरी हवल्दार सन्तोष पासवान नेतृत्वको टोलीले भारतबाट झोलामा लागुऔषध बोकेर पैदल आउँदै गरेको अवस्थामा चेकजाच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुको साथबाट प्रतिबन्धित लागुऔषध फेनारगन सुई १०, डाइपाम सुई १० र लेजेसिक सुई ११ थान बरामद गरेको सशस्त्र प्रहरी बल नं. ६ हेडक्वाटर राजविराजका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो ।

यता पक्राउ परेकाहरुलाई तिलाठी प्रहरी चौकीमा बुझाई आवश्यक कारवाही प्रक्रिया सुरु गरिएको प्रहरी उपरिक्षक श्रेष्ठले बताउनुभयो ।