चीनसँगको सबै सम्बन्ध तोड्ने अमेरिकाको चेतावनी – Nagarikabhiyan : National News

चीनसँगको सबै सम्बन्ध तोड्ने अमेरिकाको चेतावनी

एजेन्सी । चीनको ल्यावबाट कोरोनाभाईरस फैलिएको दावी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगका सबै खाले सम्बन्धहरू तोड्ने चेतावनी दिएका छन् ।

हाल पुरा विश्व कोरोनाको चपेटमा परिरहेको बेला ट्रम्पले चीनसँगको सम्बन्ध तोड्ने चेतावनी दिएका हुन् । राष्ट्रपति ट्रम्पले फक्स बिजनेसलाई अन्तर्वार्ता दिने क्रममा उनलै चीनसँगसकौ सबै सम्बन्ध तोड्दा पाँच सय मिलियन डलर बच्ने बताएका छन् ।

महामारी अघि नै व्यापार युद्ध छेडिसकेको चीन र अमेरिकाबीच केही महिना अघिमात्रै व्यापार सहजिकरण गर्ने सहमति भएको थियो तर कोरोनाको महामारीका कारण दुई दैशबीचकौ व्यापार फेरि ठप्प भएको थियो । यसैबीच चीनसँगको द्वीपक्षिय व्यापार गर्दा अमेरीकालै थप क्षति बेहोर्नु परेको निश्कर्ष निकाल्दै उनलै चीनसँग सम्बन्ध तोड्ने चेतावनी दिएका हुन्।

यसअघि केही अमेरिकी राज्यहरुले पछिल्लो केही समयबाट भाइरस फैलाएको भन्दै चीनसँग् क्षतिपुर्ति लिनुपर्ने माग पनि गरैका छन् ।