मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस – Nagarikabhiyan : National News

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको छ । प्रदेश सभा सचिवालयमा गत १२ पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव आइतबार पेस भएको हो ।

प्रस्तावक प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् । प्रस्ताव पेश भएसँगै बैठक २० फागुनसम्मका लागि स्थगित भएको छ । ओली समूहका सदस्य बैठकमा सहभागी भएका थिएनन् ।