प्रधानमन्त्रीको गृहजिल्ला पुगेर कमल थापाले गरे अचम्मको कुरा, बालुवाटारमा खुसियाली ! – Nagarikabhiyan : National News

प्रधानमन्त्रीको गृहजिल्ला पुगेर कमल थापाले गरे अचम्मको कुरा, बालुवाटारमा खुसियाली !

दमक । संसद विघटनलाई असंवैधानिक भन्दै चर्को विरोध गर्दै आइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युटर्न लिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेर थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताएका छन् । उनी प्रधानमन्त्रीले घोषणा गरेको निर्वाचनको पक्षमा उभिएका हुन् ।

मिडिया नेपालद्वारा दमकमा आयोजित पत्रकार सम्मेलनमा थापाले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न राजनीतिक दलसँग आग्रह गरे ।

उनले भने, ‘निर्चावनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ। निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ। ताजा जनादेश लिन सबै राजनीतिक दल निर्वाचनमा जानुपर्छ।’

नेकपालाई सरकार चलाउन जनताले दुई तिहाइको जिम्मेवारी दिए पनि तीन वर्षमा नै प्रतिनिधिसभा विघटन गरेर संवैधानिक सङ्कट आएको उनको भनाइ थियो। थापाले संसद् विघटन सम्बन्धी सर्वोच्च अदालतको फैसला पार्टीलाई स्वीकार्य हुने स्पष्ट पारे।