दुर्घटनामा एकको मृत्यु,दुई घाइते – Nagarikabhiyan : National News

दुर्घटनामा एकको मृत्यु,दुई घाइते

राजविराज ।  पुर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नं २ चाँदनी चोकमा भएको सावारी दुर्घटनामा घाइते भएका एक ब्यक्तिको उपचारको क्रममा आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं ६ जलजले बस्ने २२ बर्षीय बिपिन चौधरी रहेको प्रहरीले जनाएको छ ।

शरीरको विभिन्न भागमा चोट लागेर गम्भिर घाइते भएका उनको बिराटनगरस्थित न्युरो बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले बताउनुभयो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा.१० च २५२४ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको बा.२६ प.२२६० नंम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

सो दुर्घटनमा परि मोटरसाइकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं १ भेडिया बस्ने ४५ बर्षीय प्रेम चौधरी र सिरहा लहान नगरपालिका वडा नं २० मल्हनमा बस्ने २५ बर्षको अजित चौधरी घाइते हुनुभएको छ ।

उनीहरुको बिराटनगरस्थित न्युरो अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यता कारलाई ईलाका प्रहरी कार्यालय महुलीले नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।