बाबुरामको ‘बिरामी’ त बहाना हो, दिल्लीमा राजनीतिक भेटघाट गर्ने चाहना हो ! – Nagarikabhiyan : National News

बाबुरामको ‘बिरामी’ त बहाना हो, दिल्लीमा राजनीतिक भेटघाट गर्ने चाहना हो !

नयाँ दिल्ली । नेपालका पूर्व प्रधानमन्त्री र जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराई आइतबार दिल्ली गए । पार्टी प्रमुख उपेन्द्र यादवले बीबीसी हिन्दीमा भ्रमणको पुष्टि गरेका छन्।

यद्यपि उपेन्द्र यादवले भट्टराई उपचारका लागि दिल्ली आउन लागेको वताए । यादवले  बाबुराम भट्टराई लामो समयसम्म दिल्लीमा बस्ने हुँदा , त्यसैले मानिसहरूलाई भेट्नु कुनै ठूलो कुरा नहुने वताए ।

भट्टराई लगभग एक हप्ता दिल्लीमा बस्नेछन्।  जब नेपाल राजनीतिक संकट पर्छ, त्यसपछि भट्टराई दिल्ली आउने गर्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछि नेपाल कम्युनिष्ट पार्टी दुईवटा क्याम्पमा विभाजित भयो।

एउटाको नेतृत्व पूर्व प्रधानमन्त्री प्रचण्ड र अर्को वर्तमान प्रम केपी शर्मा ओलीले लिएका छन् । प्रधानमन्त्री ओलीले ३० अप्रिल र १० मेमा नेपालमा चुनाव गर्ने घोषणा गरेका छन्। यस्तो समयमा भट्टराईको दिल्ली यात्राको बारेमा धेरै किसिमका अनुमानहरू भइरहेको छ।

संसद विघटनबिरूद्ध सर्वोच्च अदालतमा मुद्दा बिचाराधिन छ र एक हप्तामा निर्णय आउने अपेक्षा गरिएको छ । नेपालको वर्तमान राजनीतिक संकटमा  चीन र भारतको छलफल एकदम प्रबल छ।

हालैमा प्रचण्डले प्रधानमन्त्री ओलीले नेपालमा संसद भंग गर्ने निर्णयको लागि भारत, चीन र अमेरिकासँग सहयोग मागेका थिए।

बाबुराम भट्टराई भन्दा पहिला नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत आए। जनवरीमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उनकी पत्नी सीता दाहालको उपचारका लागि मुम्बई गएका थिए भने यही फागुनको अन्तिम साता पुर्व राजा ज्ञानेन्द« विर विक्रम शाह पनि भारत जाने तयारीमा जुटेको उनि निकट श्रोतले बताएका छन् । – बिबिसी हिन्दी