जिल्लाभित्र चलाउन मिल्ने सवारी पास खारेज गर्ने गृहको निर्णय
१ जेष्ठ २०७७, बिहीबार १९:०८
काठमाडौं । गृह मन्त्रालयले जिल्लाभित्र चलाउन मिल्ने सवारी पाससमेत खारेज गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण फैलन थालेपछि लकडाउनमा थप कडाई गर्दै जिल्लाभित्रकै लागि जारी भएका सम्पूर्ण पाससमेत खारेज गर्ने निर्णय गरेको हो।
जिल्ला भित्रका सवारीका लागि जारी गरिएका सम्पूर्ण पासहरु जेठ ३ बाट लागू हुने गरी खारेज गर्ने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।
शुक्रबारदेखि बाहिर हिँड्डुल गर्ने माथिको चेकिङ थप कडाई गर्नेदेखि नाकामा समेत निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ । यसअघि एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि जारी गरिएका सवारी पास रद्द गरेको थियो । द नेपालटपबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया