अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च पुगे प्रधानमन्त्री ओली
६ फाल्गुन २०७७, बिहीबार १२:११
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालत पुगेका छन्। बिहीबार करिब ११ : ५० बजेतिर प्रधानमन्त्री ओली स्वयं सर्वोच्च अदालत पुगेका हुन्।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैँ उपस्थित भई लिखित जबाफ पेस गर्न आदेश दिएपछि प्रधानमन्त्री ओली बिहीबार उपस्थित भएर लिखित जबाफ पेस गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा वहसलाई तमासा भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो ।
गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीसहित चर पूर्वप्रधानन्यायाधीश तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैँ उपस्थित भइ लिखित जबाफ पेश गर्न आदेश दिएको थियो ।
यसअघि चार पूर्वप्रधानन्यायाधीशले बुधबारै अदालतमा गएर म्याद बुझी लिखित जबाफ पेस गरिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया