छतबाट खेसेर बालकको मृत्यु
५ फाल्गुन २०७७, बुधबार १८:५९
राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित बनौलामा छतबाट खसेर एक जना बालकको आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौला बस्ने खुशीलाल मण्डलका २ बर्षीय छोरा दीपक मण्डल रहेको प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो ।
आफ्नै घरको छतमा खेल्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्ताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बालकको शवलाई परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको र घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया