सपना रोका मगरलाई धम्की दिने विनयजङ्ग पक्राउ
४ फाल्गुन २०७७, मंगलवार १९:५४
काठमाडौं । बिबिसीको प्रभावशाली महिलाको सूचीमा पर्नुभएकी सपना रोका मगरलाई धम्की दिने विनयजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले बस्नेतलाई मंगलबार साँझ गोंगबुबाट पक्राउ गरेको हो ।
बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि आइतबार काठमाडौं परिसरमा सपनाले जाहेरी दर्ता गराउनुभएको थियो ।
सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम गर्दै आउनुभएको छ । सोही क्रममा केही महिनाअघि उहाँहरुबीच तिक्तता आएको थियो । म्याग्दीबाट काठमाडौं आउनुभएकी सपना बस्नेतसँगै बस्दै आउनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया