कुखुरा र पोषण सामग्री बितरण
३ फाल्गुन २०७७, सोमबार २१:३३
राजविराज । सप्तरीको महदेवा गाउँपालिकामा हरेक वडामा रहेका गर्भवती तथा कुपोषणमा परेका बालबालिकालाई आज यहाँ कुखुरा र होरलिक्स बितरण गरिएको छ ।
छिन्नमसता बिकास सेवाले आयोजना गरेको कुखुरा तथा पोषण बितरण समहारोमा करिब ६ सय जना गर्भवती तथा कुपोषीत बालबालिकालाई कुखुरा र होरलिक्स बितरण गरिएको संस्थाका अध्यक्ष बिनोद साफीले जानकारी दिनुभयो ।
महदेवा गाउँपालिकाका स्वास्थ्य संयोजक ललित यादवको प्रमुख अतिथियमा सम्पन्न भएको पोषण सेवा बितरण कार्यक्रममा वडा नं. १ देखि ६ सम्मका कुषोसित तथा गर्भवती महिलालाई कुखुरा र होरलिक्स बितरण गरिएको जनाइएको छ ।

सो क्रममा ६ सय पिस कुखुरा र ३ सय ८० पिस होरलिक्स बितरण गरिएको छिन्नमस्ता बिकास सेवाले जनाएको छ ।
सो कार्यक्रममा महदेवा गाउँपालिकाका प्रमुख दिपक कुमार यादव र सबै वडाका वडा अध्यक्ष सहितका उपस्थिति रहेको थियो ।
त्यस्तै जिविकोपार्जनमा केही हदसम्म सहज हुने उद्देश्यले सप्तरीको महादेवा गाउँपालिकाका गरिब विपन्न परिवारलाई निःशुल्क बाख्रा समेत प्रदान गरिएको छ ।
छिन्नमस्ता विकास कृषक समूहको आयोजनामा आयोजित एक कार्यक्रमका बीच गाउँपालिकाको सहयोगमा ४२ गरिब विपन्न परिवारलाई बाख्रा प्रदान गरिएको थियो ।
बाख्राकासाथै खोर तयार २–२ थान जस्ता पाता (टिन) र विउ पनि उपलब्ध गराइएको छ । ‘बाख्रा पालन गरेर जिविकोपार्जनमा केही हदसम्म सहयोग हुने उद्देश्यले गरिब विपन्न परिवारलाई बाख्रा वितरण गरिएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया