कञ्चनपुरको गौशालामा गाई खान नपाएर मर्न थाले – Nagarikabhiyan : National News

कञ्चनपुरको गौशालामा गाई खान नपाएर मर्न थाले

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिले संञ्चालन गरेको गौशालामा गाई खान नपाएर मर्न थालेका छन ।नगरपालिकाको वडा नम्बर(६ चुनेपानीमा संचालित शिद्धसरोवर गौशालामा रहेका गाईहरु खान नपाएर मर्न थालेका हुन । नगरपालिकाले छाडा गाईको व्यवस्थापन गर्ने भन्दै गत बर्ष देखि ६ सय वटा गाई संरक्षण गरेर राखेको भएपनि अहिले गाईहरु भोकभोकै मर्न थालेका छन ।

प्रणय दिवसको अवसरमा गौशालाको अवलोकन गर्न सामाजिक अभियन्ता दिपक ओझाले गौशालामा गाईहरु एकदमै नाजुक अवस्थामा रहेको बताए । उनले गाईहरुले खान नपाएर मर्नुपर्ने अवस्थामा पुगरेका आफूले देखेको बताए ।

अकी अभियन्ता चाँदनी ऐरले गाईहरुको विजोक अवस्था रहेको र कतिपय गाई गौशालाभित्र मृत अवस्था देखिएको बताईन् । अभियन्ता यसोदा भट्टले मन्दिरमा गएर दक्षिणा चढाउनु भन्दा सबैले जिउँदो गौमातालाई सकेको सेवा गर्न आवश्यक रहेको बताईन् । शिद्धसरोबर गौशालाका सदस्य शेर बहादुर बमले गाईहरुको संरक्षणमा निकै समस्या भएको बताए ।

उनले गाईहरुको लालनपालनमा समस्या भएकाले सबैलाई सहयोगको आग्रह गरे । वडा नम्बर(६ का वडा अध्यक्ष फल्टेराम रानाले गाईहरुको संरक्षणमा वडा र नगरपालिकाबाट सबै व्यवस्थान गरिएको बताए ।उनले गाईहरुको संरक्षणका लागि घाँस र पानीको व्यवस्थापन सहित ४ जना कर्मचारी परिचालन गरिएको बताए । ‘

उनले गौशालामा अहिले दिन प्रतिदिन गाईहरु थपिने भएकाले व्यवस्थापनमा चुनौती थपिएकाले सबै वडा र नगरपालिकाबाट बजेट विनियोजन गर्नको लागि पहल गरिरहेको बताए ।