प्रधानमन्त्री ओलीले ठाउँको ठाउँ ढाँटे – Nagarikabhiyan : National News

प्रधानमन्त्री ओलीले ठाउँको ठाउँ ढाँटे

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वमा रहेको तीन वर्षे सरकारले गरेका कामको समीक्षा सुनाउने क्रममा ठाउँको ठाउँ सबैलाई ढाँटेका छन् ।

ओलीले देशको अर्थतन्त्रबारे उल्लेख गर्ने क्रममा कोरोना महामारीकै कारण सोचेजस्तो आर्थिक प्रगति हुन नसके पनि देशमा तीव्र विकास भएको र बेलायती पत्रिका ‘द इकोनोमिष्ट’ले नेपाललाई १० उदीयमान र उच्च आर्थिक बृद्धिको बाटो समातेका मुलुकमा समावेश गरेको उल्लेख गरे ।

त्यसैक्रममा उनले भने, ‘अर्थतन्त्रका सबै क्षेत्रहरुको बृद्धिदर ५ प्रतिशतभन्दा माथि पुग्यो । सातवटै प्रदेशको आर्थिक बृद्धि ६ प्रतिशतभन्दा वढी थियो । यहीबेला हामीले मात्र होइन, संसारमा कसैले पनि नसोचेको कोभिड–१९ को महामारी आयो ।

यसले विश्व अर्थतन्त्रको संरचना नै भत्कायो । केही मुलुकहरुको बृद्धि नकारात्मक रह्यो, कति मन्दीको चपेटामा परे । कैयौं देशका अर्थतन्त्र नराम्रोसँग खुम्चिन पुगे ।

हाम्रो पनि आर्थिक वृद्धिदर त घट्यो तर सरकारको सुझवुझ, नीतिगत स्पष्टता र पूर्व सक्रियताका कारण नेपाली अर्थतन्त्र मन्दीको चपेटामा परेन । तीन वर्षको औसत बृद्धि साढे पाँच प्रतिशतको हाराहारी रह्यो । कोभिड–१९ को असर घट्दै जाँदा अहिले हाम्रो अर्थतन्त्र फेरि पुरानै लयमा फर्कदैछ ।’

ओलीले नेपालमा कोरोनाले त्यति असर नगरेको दाबी गरे पनि उच्चस्तरीय अध्ययन समितिले ४ प्रतिशतले नेपालमा गरिबी बढाएको देखाएको छ । अध्ययन प्रतिवेदन लुकाएर ओलीले जनताले फेरि पनि ढाँटेका छन् । मिडिया डबलीबाट