प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई सोध्यो– ‘विवाद नै नसुल्झाइ कसरी चुनाव हुन्छ ?’ – Nagarikabhiyan : National News

प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई सोध्यो– ‘विवाद नै नसुल्झाइ कसरी चुनाव हुन्छ ?’

काठमाण्डौ । दलको विवाद टुंगो नलगाई कसरी निर्वाचन हुन्छ भनेर निर्वाचन आयोगलाई नेकपा प्रचण्ड–नेपाल पक्षले प्रश्न गरेको छ । आइतबार निर्वाचन आचार संहिताबारे निर्वाचन आयोगको छलफलमा नेकपा प्रचण्ड–नेपाल पक्षका नेता लिलामणि पोखरेलले निर्वाचन आयोगलाई दलको टुंगो नलगाई कसरी निर्वाचन हुन्छ भनेर प्रश्न गरेका हुन् ।

आफ्नो समूहमा ६४ प्रतिशत मत रहेको दाबीसहित नेकपाको प्रचण्ड–माधव समूहले पहिला विवाद समाधान गर्न आयोगलाई सुझाव दिएको छ ।

निर्वाचन आयोगले आचारसंहिताबारे आइतवार ९आज० गरेको छलफलमा नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले विवाद समाधान गरेर मात्रै चुनावमा जानुपर्नेमा जोड दिएको जानकारी दिनुभयो । छलफलका लागि आयोग पुगेको नेकपाको प्रचण्ड–नेपाल समूहले सुरुमै पार्टीको विवाद समाधानबारे चासो राखेको हो ।
५ पुषमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयपछि विभाजित भएको नेकपााबारे ओली पक्ष र प्रचण्ड–माधव पक्षमा कुनचाहिँ आधिकारिकता हो भनेर निर्वाचन आयोगले कुनै निर्णय गरेको छैन ।

यसैगरी आइतबार आयोगमा भएको छलफमा प्रचण्ड माधव पक्षले आयोग सरकारको लाचार छायाँ बन्न लागेको भन्दै त्यस्तो नगर्न सुझाव पनि दिएको छ ।