विद्यार्थीले लगाएको ताला फोरेपछि एक्मी इञ्जिनियरिङ कलेजमा तनाव, विद्यार्थी पक्राउ – Nagarikabhiyan : National News

विद्यार्थीले लगाएको ताला फोरेपछि एक्मी इञ्जिनियरिङ कलेजमा तनाव, विद्यार्थी पक्राउ

काठमाडौं । काठमाडौंको सितापाइलास्थित एक्मी इञ्जिनियरिङ कलेजमा विद्यार्थीले लगाएको ताला प्रशासनले फोरेपछि तनाव भएको छ ।

अनलाइन कक्षाको ३० प्रतिशत मिनाहा गर्नुपर्ने माग राख्दै अनेरास्ववियूले एक साताअघि सो कलेजमा तालाबन्दी गरेको थियो । विद्यार्थीसँग परामर्श नगरी प्रहरी लगाएर कलेज व्यवस्थापनले ताला फोरेपछि विद्यार्थी आक्रोसित भएका हुन् ।

आक्रोसित विद्यार्थीले आइतबार बिहान कलेजमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा कलेजका झ्यालका सिसा समेत तोडफोड भएको छ ।

विरोधमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । सो कलेजबाट प्रकाश श्रेष्ठ, हिक्मत मल्ल, बिनोद दाहाल, जिबस खनाल, आशिष् जैसवाल , हिलेन अधिकारी ,बिमल शाही पक्राउ परेको अनेरास्ववियूकी नेता आरती लामाले जानकारी दिए ।

कलेज व्यवस्थापनले विद्यार्थीसँग छलफल गरेर निकास निकाल्नुको सट्टा उल्टै प्रहरी प्रशासन लगाएर ताला फोर्ने काम गरेकाले अनेरास्ववियूले विरोध जनाएको नेता लामाले बताए ।नागरिक खबरबाट