अन्ततः चिच्याइ–चिच्याइ बोल्ने प्रचण्ड नेपाल समूहकी नेतृ झाँक्री पक्राउ
२९ माघ २०७७, बिहीबार १३:१२
काठमाडौं । नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहकी केन्द्रीय सदस्य तथा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले पक्राउ पुर्जी थमाएर हिरासतमा लिएको जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको हो । पक्राउ गर्ने क्रममा झाँक्रीका समर्थक र प्रहरीबीच घम्साघम्सी भएको थियो । समर्थकहरुले प्रहरी प्रशासनविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया