नेकपा प्रचण्ड–नेपाल समूहको वृहत् विरोध सभा – Nagarikabhiyan : National News

नेकपा प्रचण्ड–नेपाल समूहको वृहत् विरोध सभा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको विरोध सभा सुरु भएको छ ।

अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल तथा झलनाथ खनाल लगायतले नेतृत्व गरेको मूल जुलुस विभिन्न स्थान परिक्रमा गर्दै भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

संसद विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–माधव समूहले यो विरोधसभालाई निर्णायक भनेको छ । यसअघि प्रचण्ड–माधव समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौंमा जनप्रदर्शनसहित विरोधसभा गरेको थियो ।